बादल र वर्षासँगै गर्मी घट्यो, डढेलो निभ्दा वायु गुणस्तरमा सुधार

 बैशाख २५, २०८१ मंगलबार १८:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पानी परेसँगै देशका धेरैजसो ठाउँको डढेलो निभेको छ । चार दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहने गरेकोमा अहिले देशभरको २३ ठाउँमा मात्रै डढेलो बाँकी रहेको वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीमा उल्लेख छ ।

अहिले ओखलढुङ्गा, रोल्पा, सुर्खेतलगायतका १३ वटा जिल्लामा डढेलो देखिएको छ । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभागअन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरूले वायु गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा तल झरेको देखाएका छन् । यसअघि सबैजसो केन्द्रमा एक्यूआई एक सय ५० भन्दा माथि थियो । एक्यूआई एक सय ५० भन्दा माथि जाँदा त्यहाँको हावा अस्वस्थ हुन्छ ।

यस्तै बादल र वर्षासँगै गर्मी पनि घटेको छ । आज पश्चिम तराईका केही जिल्लाबाहेक सबैजसो जिल्लामा तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको छ । लामो खडेरीले आजित भएका किसान पानी परेपछि खुशी भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसम बदली भएर वर्षाकाे सम्भावना रहेको जनाएको छ । मौसम बदलीसँगै चट्याङको जोखिम बढेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया