समपूरक र विशेष अनुदानका लागि मधेश प्रदेशबाट प्रस्ताव परेन

 बैशाख २७, २०८१ बिहिबार १२:४०:३४ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय योजना आयोगमा आउँदो आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि मधेश प्रदेशबाट एउटा पनि प्रस्ताव परेको छैन । देशभरबाट आयोगमा तीन हजार छ सयभन्दा बढी प्रस्ताव परे पनि मधेश प्रदेशबाट भने प्रस्ताव नपरेको हो ।

प्रदेश र पालिकामा विशेष प्रकृतिका कार्यक्रम सञ्चालन गर्न समपूरक र विशेष अनुदानको व्यवस्था गरिएको हुन्छ । अब मधेश प्रदेशले बजेट नै माग नगरेपछि यसअघि शुरु भएका तर सम्पन्न नभएका क्रमागत आयोजनाले आउँदो आर्थिक वर्षमा समपूरक र विशेष अनुदान शीर्षकबाट बजेट पाउने छैनन् ।

आयोगले गएको मङ्सिर मसान्तमा सबै प्रदेश र पालिकालाई परिपत्र गर्दै माघ मसान्तभित्र समपूरक र विशेष अनुदानका आयोजना सिफारिस गरिसक्न भनेको थियो । सङ्घीय सरकारबाट प्रदान हुने अनुदान लिन अनलाइन प्रणालीबाट आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न आह्वान गरिएको थियो ।

आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौड्यालले अन्तिम दिनसम्म योजना आयोगले प्रस्ताव हाल्न भनिरहे पनि मधेश प्रदेशले कुनै प्रस्ताव नपठाएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया