जसपा अस्थिरताकाे कारक बन्दैन : अध्यक्ष राई

 बैशाख २७, २०८१ बिहिबार १८:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवगठित दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताउनुभएको छ ।

आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर अध्यक्ष राईले वर्तमान सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास जसपा नेपालबाट भएको थाहा पाएपछि नयाँ दल गठन गरेको बताउनुभयो । उहाँले अहिलेकै सरकारलाई आफूहरूको समर्थन रहेको पनि दोहोर्‍याउनुभएको छ ।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानुनी ढङ्गले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताउनुभयो । उहाँले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको दाबी गर्नुभयो ।

उपेन्द्र यादवसँग सैद्धान्तिक, राजनीतिक, शैलीगत र नीतिगत कुरामा मत भिन्नता रहेकैले नयाँ दल गठन भएको अध्यक्ष अशोक राईको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया