चिया विकास निगमका सिनियर एकाउन्टेटसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 बैशाख २८, २०८१ शुक्रबार १८:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोड झापाका तत्कालीन कर्मचारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चिया विकास निगम लिमिटेड बिर्तामोडका सिनियर एकाउन्टेट सञ्जय बिलोटिया, तत्कालीन लेखापाल मनिषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क गुणराज श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल वेदबहादुर रानाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उनीहरूले विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

निगमबाट आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म एक करोड ९३ लाख ६५ हजार छ सय ५१ रुपैयाँ भुक्तानी हुनुपर्नेमा उनीहरूको मिलेमतोमा दुई करोड ३३ लाख ५५ हजार तीन सय २९ रुपैयाँ भुक्तानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

बढी भुक्तानी भएको ३९ लाख ८९ हजार छ सय ७७ रुपैयाँ ७१ पैसा मध्ये सात लाख ३७ हजार तीन सय आठ रुपैयाँ ९२ पैसा असुल भइसकेको र बाँकी ३२ लाख ५२ हजार तीन सय ६८ रुपैयाँ ७९ पैसा चार जनाबाट असुल उपर गर्न अख्तियारले मागदाबी गरेको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया