सरकार अधिनायकवादतर्फ उन्मुख भयो : नेपाली कांग्रेस

 मंसिर ३, २०७५ सोमबार १४:४४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । 

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दावी गर्नुभएको हो । दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिए पनि त्यसको महसुस नागरिकले गर्न नसकेको भन्दै उहाँले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अधिनायकवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उहाँले २००७ साल देखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्ठभूमिमा फेरि एकपटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।  

उहाँले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई बिर्सेर एकढिक्का भई अघि बढ्न पनि उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीको महासमिति बैठकको सन्र्दभमा राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरुको भेला बोलाएको हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया