१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
जापानी कार कम्पनी निशान र मित्सुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि कम्पनीको सेयरमा गिरावट आएको छ ।
गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो ।
अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ ।
कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ । जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मित्सुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन् ।
कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण विषय हो, जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग बताउनुभयो । “सरकारका रूपमा हामीले गर्न सक्ने सबै कुरा हामी गर्छौँ,” मन्त्री परिषद्का मुख्य सचिब योसिहाइड सुगाले विषयलाई थप विस्तार नगरिकन बताउनुभयो ।
चौसठ्ठी बर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल ब्यवस्थापकको छविमा ठूलो आघात पुर्याएको छ । उहाँको यो कुशल कार्यका लागि फ्रान्समा उहाँलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ ।
फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उहाँमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।
गोसनको पक्राउ भएकोभन्ने पत्याउनै कठीन लाग्दो समाचार बाहिरिँदा उहाँलाई कहाँ र कसरी राखिएको छ भन्ने बिषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो । यद्यपी टोकियोका अभियाजनकर्ताहरूले प्रयोग गर्ने कैदी गृहमा उहाँलाई राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मङ्गलबार बताएका छन् ।
जापानी अभियोजनकर्ताहरूले भनेका छन्, “गोसनलाई विगत पाँच बर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो ।”
निशानका कार्यकारी प्रमुख हिरोटो साइकावाले अधिकारीहरूको महिनौ लामो अनुसन्धानले उहाँले गरेका केही बर्ष यता गरेका आर्थिक अनियमिततालाई बाहिर ल्याएको हो । उहाँमाथि उहाँको तलब र अन्य गतिविधिमासमेत कम्पनीको सम्पत्तीको दुरूपयोग गरेको आरोप रहेको छ ।
निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रशारक एनएचकेले जनाएको छ । गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ ।
गोसनसँगै पक्राउ परेका कम्पनीका अर्का उच्च अधिकारी ग्रेग केलीले कम्पनीका अन्य उच्च अधिकारीहरूलाई पनि तलबबारे जानकारी नगराउन भनेका बताइएको योमिउरी शिम्बुनले बताउनुभयो ।
कम्पनीका उच्च अधिकारी खासगरी गोसनको पक्राउ प्रकरणका कारण मङ्गलबार टोकियोमा निशानको शेयर मूल्यमा ५.४५ प्रतिशतले कमी आएको छ । त्यस्तै मिटसुबिसीको शेयर मुल्यमा ५.८४ प्रतिशतले कमी आएको छ ।
गोसनले आफू र आफ्ना प्रतिनिधिले यसबारे केही बताएका छैनन् । तर निशानका कार्यकारी साइकावाले भने गोसनले अत्यधिक शक्ति हातमा लिएको अनियमिततालाई बढावा गराएको भन्दै यो गोसन युगको अध्यारो पक्ष भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।