१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाडाैं - १२ वर्षकाे कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारका लागि थापाथलीमा रहेकाे प्रसूतिगृहमा भर्ना गरिएको छ ।
मकवानपुरकाे राक्सिराङ गाउँपालिका–३ मा रहेकाे माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बन्नुभएको थियो । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उहाँलाई हेटौँडामा रहेकाे हेटौँडा अस्पतालबाट थप उपचारका लागि मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो ।
प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतमले भन्नुभयो, ‘हामीले उहाँको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेका छौँ, गर्भवती भएको आठ महीना देखिन्छ, अहिलेको स्वास्थ्यस्थित सामान्य रहेको छ ।‘
बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक प्रा डा गौतमले भन्नुभयो, ‘गङ्गामायाको आवश्यक सबै जाँच शुरु गरेका छौँ, यसका नतिजा आएपछि मात्र अगामी उपचारका बारेमा भन्न सकिन्छ ।’
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्को विशेष पहलमा गङ्गामायालाई उपचारार्थ हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।