'भैरव रिसालका छानिएका रचना – २' सार्वजनिक

 साउन २६, २०८१ शनिबार १६:४४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ पत्रकार भैरव रिसालको सङ्कलति रचनाको सङ्ग्रह सार्वजनिक भएको छ । आज काठमाण्डौमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको सङ्कलित रचनाको सङ्ग्रह 'भैरव रिसालका छानिएका रचना – २' सार्वजनिक भएको हो । पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ ।

पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा लेखेका लेख तथा रचनालाई छानेर समावेश गर्नुभएको छ । पुस्तक सार्वजनिकिकरण कार्यक्रमका वक्ताले ९७ वर्ष पुग्नुनुभएका रिसालको ऊर्जाको प्रशंसा, उहाँकाे पत्रकारिताका दिन र लेखनमार्फत देशलाई योगदान पुर्‍याएको भन्दै सम्मान व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताउनुभयो । रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया