जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

 मंसिर ९, २०७५ आइतबार १८:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा काबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको योजना विपरित लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो । गएको ३ महिनायता केही निजी क्षेत्रका बैंकहरुले ६७ अर्ब निक्षेप संकलन गरेर १ सय ६७ अर्ब लगानी गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसरी निक्षेप भन्दा बढी लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकको निर्देशन विपरित लगानी गर्ने बैंकमाथि कडा निगरानी राख्न बैंक अन्तरगतका ट्रेड युनियनहरुलाई पनि सचेत गराउनुभयो ।

गभर्नर नेपालले प्रविधि अनुसार आफ्ना योजनाहरुमा पनि परिवर्तन ल्याउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउनुभयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष पदमराज रेग्मीले बैंक तथा वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यक्तामाथि प्रकाश पार्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया