कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 बैशाख १३, २०८१ बिहिबार १८:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकाेट – कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित नाै जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक निर्माणका क्रममा अनियमितता गरेको भन्दै आयोगले शाही, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सब–इन्जिनियर हरिप्रसाद पाण्डेय, लेखापाल मलिम रावत, महावै–३ का तत्कालीन वडाध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

सडक निर्माणमा तोकिएअनुसार काम नगरि ३८ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन उपाध्यक्ष र वडाध्यक्षबाहेक अन्य सबैबाट ३८ लाख ७६ हजार रुपैयाँ मागदाबी गरेको छ । तत्कालीन उपाध्यक्ष शाही र ३ नम्बरका वडाध्यक्ष सिंहका लागि भने सजायमात्रै माग गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया