१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महिनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।
कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौँ, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही रहेका छन् ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताउनुभयो । “कारवाही गरिएका पेट्रोलपम्पलाई नगद रु ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ”, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।