कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री ओली
पुस २९, २०८१ सोमबार
न्यूजिल्याण्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
न्यूजिल्याण्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार दिउँसो एकजना यात्री (हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताउनुभयो ।
‘धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्किँदो अवस्थाका सहज मृत्युवरण गराउनु बाहेक अरु विकल्प थिएन ।’ उहाँले भन्नुभयो, ‘तर, यो निर्णय मुटुमाथि ढुङ्गा राखेर गर्नु परेको थियो ।’ एक साताभित्रै न्यूजिल्याण्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो ।
न्यूजिल्याण्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिनेक्रम सामान्य झैं हो । संरक्षणकर्मीहरुका अनुसार वर्षमा औसतमा ८५ वटा घटना ह्वेलसँग जोडिएका हुन्छन् । आइतबार, दशवटा साना आकारका तर निकै हिंस्रक ह्वेलहरु उत्तरी आइल्यान्डमा अलपत्र भेटिएका थिए । तीमध्ये दुईवटाको मृत्यु भइसकेको छ भने बाँचेका अरुको उद्धार गर्ने प्रयत्न जारी रहेको छ ।
ह्वेलहरु र डल्फिन किन अलपत्र हुन्छन् भन्ने यथार्थ जानकारी छैन । तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, अरु जनावरले गर्ने आक्रमण वा सङ्कटपूर्ण मौसमले समुद्रका यी भिमकाय जनावरको मृत्यु हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।