चिसो बढेसँगै सुरक्षित बास र आहाराको खोजीमा आगन्तुक चरा कैला...
कात्तिक २८, २०८१ बुधबार
काठमाण्डाै – ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि गएकाे शुक्रवार शिलान्यास गरिएको छ ।
संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको शुरुआती विन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्तरूपमा शिलान्यास गर्नुभएकाे हाे ।
राजनीतिक दलका प्रतिनिधि तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र केदेमले जानकारी दिनुभयाे ।
पाथीभरा केबलकार कुनै एउटा कम्पनीको मात्र नभएर समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने मेयर मादेनले बताउनुभयाे ।
केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले अबको १५ महिनाभित्र केबलकार चढ्न पाइने बताउनुभयाे । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्ने उहाँकाे विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।