प्रधानमन्त्री ओली र म्यानमारकी नेतृ सु कीबीच भेटवार्ता

 मंसिर १४, २०७५ शुक्रबार १३:१५:२० | रासस
unn.prixa.net

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले शुक्रबार भेटवार्ता गर्नुभएको छ । 

सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति रहेको थियो । शुक्रबारै दुई देशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ । 

एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सु की बिहीबार काठमाडौं आउनुभएको थियो । सम्मेलन शनिबार काठमाडौंमा आयोजना हुँदैछ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया