भारतीय हास्य कलाकार राजपाल यादवलाई ३ महिनाको जेल सजाय

 मंसिर १४, २०७५ शुक्रबार १९:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका हास्य कलाकार राजपाल यादवलाई दिल्लीको सर्वोच्च अदालतले चेक बाउन्सको केसमा ३ महिनाको जेल सजाय सुनाएको छ । 

राजपाल यादवले सन् २०१० मा एउटा व्यक्तिबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । तर पछि उनले लिएको रकम चुक्ता गर्न सकेनन् ।  

यादवले ऋण तिर्न नसकेपछि ऋण दिने व्यक्तिले अदालतको सहायता लिएका हुन । केही समयअघि अदालतमा राजपाल यादवले १० करोड ४० लाख रुपैयाँ फिर्ता दिनुपर्ने सम्झौता भएको थियो । त्यसपछि पनि यादवले उक्त रकम तिर्न नसकेपछि उनलाई ३ महिनाको जेल सजाय सुनाइएको हो । 

राजपाल यादवले आफुलाई समस्या परेको भन्दै सन् २०१० मा एक व्यक्तिबाट ऋण मागेका थिए । ऋण लिएको पाँच वर्ष पछि सन् २०१५ मा उनले ऋण दिने व्यक्तिलाई पैसा फिर्ता गर्न चेक दिएका थिए । तर उक्त चेक बैङ्कमा जम्मा गराउदा बाउन्स भएको थियो । 

त्यसपछि ती व्यक्तिले राजपाललाई वकिलको सहायतामा सूचना पनि पठाएका थिए । तर राजपालले ऋण नतिरेपछि अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

राजपाल यादवले बलिउडमा ‘चुप चुपके, भुलभुलैया, गरम मसाला, फिर हेरा फेरी, जुुडवा २’ लगायतका फिल्ममा अभिनय गरेका छन् । 


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया