च्यासलविरुद्ध संकटा पहिलो हाफमा १–० ले अगाडि

 मंसिर १५, २०७५ शनिबार १२:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । 

एपीएफ मैदान हलचोकमा जारी खेलमा संकटाले च्यासलविरुद्ध २३ औं मिनेटमा अग्रता बनाएको हो । संकटाविरुद्ध आक्रमक खेल खेलको च्यासलका लागि २१ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्न असफल भएका थिए । तर त्यसको १ मिनेट पछि डिबक्समा  च्यासलले ह्याण्ड गरे पछि संकटाले पेनाल्टी पाएको हो । उक्त पेनाल्टीलाई संकटाका अमित तामाङले गोल गरेका थिए ।

जारी लिगमा संकटाले ४ मध्ये ३ खेल जित्दै ९ अंक बनाएको छ । आजको खेलमा च्यासलविरुद्ध जित निकाले छैटौं स्थानमा रहेको संकटा १२ अंकसहित तेस्रो स्थानमा उक्लिने छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया