बालिका बलात्कारकाे कसुरमा ५ वर्ष कैद

 जेठ २९, २०७५ मंगलबार १८:५९:५२ | उज्यालो सहकर्मी

खोटाङ, जेठ २९– बालिका बलात्कार गरेको कसुरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई ५ वर्ष कैंद फैसला सुनाइएको छ ।

२०७४ साल साउन २८ गते १२ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बिश्वकर्मालाई पाँच वर्षको कैंद फैसला सुनाएको हो । जिल्ला न्यायधीश किशोर घिमिरेको एकल इजलासले बिश्वकर्मालाई पाँच वर्ष कैंद बस्नुपर्ने फैसला सुनाएको जिल्ला अदालतले जनाएको छ । 

पीडितका आफन्तले इलाका प्रहरी कार्यालय हलेसीमा उजुरी दिएपछि पीडकलाई घट्नाकै दिन प्रहरीले पक्राउ गरेको थियो । पीडित बालिकाको साउन ३१ गते जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया