१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाडौं – यस वर्षको ‘कम्युनिकेशन अवार्ड–२०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ ।
नेपाल टोस्टमास्टर्सले शनिबार यहाँ आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा सो सम्मान पहिलो पटक गैर टोस्टमास्टर सदस्य डा वाग्लेलाई प्रदान गरिएको हो ।
नेपालमा टोस्टमास्टर्सको गतिविधि बढिरहेको सन्दर्भमा नेपाल टोस्टमास्टर्सले १४ क्लब र झण्डै ५०० सदस्यका साथमा पहिलो पटक डिभिजन सम्मेलन आयोजना गरेको हो । टोस्टमास्टरले आमसभालगायत भाषणलगायत गोष्ठीमा उद्घोषण, वक्ता परिचय र सहजीकरणजस्ता काम गर्छ ।
पाँच सय सदस्यमध्ये २ सय ५० सदस्य नेपालका कर्पोरेट, बैंकर, व्यावसायिक व्यक्तित्व, शिक्षक, पर्यटक, उद्यमी, कार्यकारी, सल्लाहकार, मिडिया व्यक्तित्व र कार्यरत व्यवसायीदेखि कलेजका युवा विद्यार्थी थिए ।
बाँकी भारतलगायत देशबाट पनि सहभागिता रहेको थियो । ‘सिक्नु, नेतृत्व गर्नु र लाभ उठाउनु’ भन्ने मूल नारासहित शुरु भएको सम्मेलन शनिबार दिनभरि चल्नेछ । कार्यक्रममा नेपालका डिभिजन निर्देशक तथा विशिष्ट टोस्टमास्टर्स रञ्जित आचार्य र एशोसिएट क्लब ग्रोथका निर्देशक तथा प्रतिष्ठित टोस्टमास्टर सुमन शाक्यले सम्मेलनले नेपालका अन्य शहरमा पनि टोस्टमास्टर्स विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।