सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

 मंसिर १६, २०७५ आइतबार १३:१८:१४ | रासस
unn.prixa.net

काठमाडाैं – ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट गर्नुभयो ।

नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिनुभयो । 

सार्क मुलुकबीच आपसमा युद्ध र द्वन्द्वभन्दा पारस्परिक सम्बन्ध र लगानी विस्तार गर्नुपर्नेमा पनि उहाँहरूको समान मत थियो । भेटमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

कोलम्बियाका पूर्वराष्ट्रपतिसँग भेट 

प्रधानमन्त्री ओलीसँग शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहनुभएका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले आजै शिष्टाचार भेट गर्नुभएको छ । 

पास्त्रानाले आफ्नो मुलुक पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढिरहेका सन्दर्भमा नेपालको शान्ति प्रक्रियाको सफलता तथा प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सोचबाट प्रभावित भएको जनाउनुभएको डा भट्टराईले जानकारी दिनुभयो । 

दुई देशबीच व्यापार र लगानीका साथै कूटनीतिक सम्बन्ध विस्तार गर्न पनि उहाँहरूबीच छलफल भएको थियो । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया