एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – पछिल्लो पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको ज्यान गएको हो ।
पाँच महिनामा सबैभन्दा धेरै सर्पको आक्रमणबाट ७० जनाको ज्यान गएको छ । यस्तै हात्तीको आक्रमणबाट ६ जना, गैंडाको आक्रमणबाट चार जना र बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ
पाँच महिनामा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई सय ५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्याएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा धेरै सर्पको टोकाइबाट पाँच सय ३२ जना, बाघको आक्रमणबाट २४ जना, भालुको आक्रमणबाट १५ जना तथा हात्ती र गैंडाको आक्रमणबाट १४–१४ जना घाइते भएका छन् ।
पाँच महिनामा जीव जनावरको आक्रमणमा परेकाहरूको उद्धारका लागि एक हजार आठ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।