एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–९ बस्ने २८ वर्षीय रोकशकुमार रावत, काभ्रेको रोशी गाउँपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने ३३ वर्षीय दूधराज थिङ र दाङको तुलसीपुर उपमहानगरपालिका–५ घर भई ललितपुरको महालक्ष्मी–१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।
रावतले मौरिसस पठाइदिने भन्दै एक जनाबाट ६ लाख ४५ हजार, थिङले क्यानडा पठाइदिने भन्दै एक जनाबाट सात लाख ५० हजार र श्रेष्ठले सिङ्गापुर पठाइदिने भन्दै एक जनाबाट सात लाख आठ हजार रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।