चिसोसँगै काठमाण्डाै उपत्यकाको वायु प्रदूषण बढ्यो

 पुष २२, २०८१ सोमबार १५:३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अत्यधिक चिसो भएसँगै काठमाण्डाै उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । 'एअर क्वालिटी इन्डेक्स' (एक्यूआई) का अनुसार आज काठमाण्डाै उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई पुगेको छ ।

वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उहाँले बताउनुभयो ।

एक्यूआईका अनुसार आज काठमाण्डाै उपत्यका विश्वको पाँचौं प्रदूषित शहरमा परेको छ । सूचीको शीर्ष स्थानमा रहेको पाकिस्तानको लाहोरको एक्यूआई तीन सय ४१ छ । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरिया सङ्केत दिइन्छ । साथै ५१ देखि एक सयसम्मको एक्यूआईले होसियार रहन सङ्केत गर्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ ।

काठमाण्डाै उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया