१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
झापा – झापाको मेचीनगर नगरपालिका–१०, मा सोमबार हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ ।
मेचीनगर–१०, खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा पाएपछि स्थानीय बाल क्लबले बालविवाह रोक्न प्रहरीलाई आइतबार सूचना गरेको थियो ।
त्यसै सूचनाका आधारमा प्रहरीले छात्राको घरमै गएर अभिभावकसँग कुराकानी गरी विवाह रोकेको जनाएको छ । सप्तरी जिल्लाको कञ्चनपुरबाट सोमबार बिहान ९ बजे जन्ती लिएर आउने कार्यक्रम रद्द भएको थियो ।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले विवाह हुने उमेर कानूनमै २० वर्ष पुग्नुपर्ने लेखिएको जनाउँदै बालविवाह गर्न नपाइने बताउनुभयो । बिहेका लागि सम्पूर्ण तयारी गरिएको थियो भने निम्तालु घरमा आइसकेका थिए । नेपालको संविधान र कानूनले बालविवाहलाई बालअधिकारको हनन मानेको छ ।
नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा बालविवाह गर्न नपाइने प्रष्ट उल्लेख छ भने हालै लागू भएको मुलुकी संहिताले २० वर्ष नपुगी महिलाको बिहे गरेमा बालविवाह ठहरिने उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा बर्सेनि १३ हजार बालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
परम्परागतरूपमा बालविवाह हुने गरे तापनि यसलाई कुप्रथा र बाल अधिकार हननका रुपमा लिइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।