१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
तनहुँ – नरभक्षी चितुवाले भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको हत्या गरेपछि त्यसको निरन्तर निगरानी गर्नका लागि क्यामेरा राखिने भएको छ ।
चितवन राष्ट्रिय प्रकृति संरक्षण कोषको ‘डार्टिङ” टोलीले सम्भावित क्षेत्रमा चारवटा क्यामेरा राख्न लागेको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । सम्भावित क्षेत्रमा क्यामेरा राखेपछि चितुवा कता गइरहेको छ भन्ने विषयमा जानकारी लिन सजिलो हुने उहाँले बताउनुभयो ।
चितुवाको आक्रमणबाट भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको ज्यान गएपछि चितुवालाई नियन्त्रण गर्न पासो थापे पनि नियन्त्रणमा लिन नसकेपछि पुनःविज्ञ टोली आएर उक्त क्यामेरा राख्न लागेको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, सशस्त्र वन रक्षक, प्रकृति संरक्षण कोषको डार्टिङ टोली समेतलाई परिचालन गरी चितुवा नियन्त्रणको लागि प्रयासहरु भैरहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।
चितुवा नियन्त्रणको लागि साँझपख बाख्रासहितको पासो थाप्ने, सामुदायिक वन उपभोक्ता समूहबाट वनको झाडी सफा गर्ने, साँझ, बिहान प्रहरी गस्ती परिचालन गर्ने, वन कार्यालय र नगरपालिकामार्फत स्थानीय एफ.एम रेडियोबाट सुरक्षा उपायहरुको जानकारीमूलक सूचना प्रसारण गर्ने तयारी छ ।
त्यस्तै चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिसा र रौसमेत परिक्षणको लागि सम्बन्धित निकायमा पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
चितुवा नियन्त्रणमा नआएसम्म त्यस क्षेत्रमा सुरक्षा फौज र स्थानीय समुदाय निरन्तर रुपमा परिचालन गरिने भएकाले साँझ, बिहानको समयमा महिला तथा बालबालिकालाई बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।