१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाडौं – पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।
बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिनुभयो । बोर्डले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून सङ्काय, डीनको कार्यालय र पूर्वाञ्चल, पोखरा, मध्य पश्चिमाञ्चल र काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टलाई आग्रह गरेको छ ।
लोकसेवा आयोगलाई समेत धितोपत्र बजारसम्बन्धी विषयलाई आफ्ना पाठ्यक्रमममा समावेश गर्न आग्रह गरेको बोर्डको भनाइ छ । सरकारले वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममासमेत उक्त विषय समावेश गरिएको छ ।
देशका ७७ जिल्ला र ७५३ स्थानीय तहमध्ये करिब ७०० तहमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगेको छ । धितोपत्रको दोस्रो बजार नयाँ स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आइसकेको छ । नेपालको धितोपत्र बजार विस्तार हुने क्रममा रहेको र नेपालको बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अङ्ग भएकाले पनि अध्ययन अध्यापन गराउनु जरुरी रहेको बोर्डको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।