इन्डोनेसियामा १६ जना मजदुरकाे विभत्स हत्या

 मंसिर २१, २०७५ शुक्रबार ८:१०:१३ | रासस
unn.prixa.net

इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । 

मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ । 

अधिकांश मृतकको शरीरका विभिन्न भागमा गोली लागि बनेका घाउ भेटिएका र केही व्यक्तिको घाँटी रेटी हत्या गरिएको हुनसक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

पहाडी तथा दुर्गम क्षेत्र डुगा जिल्लामा गएकाे आइतबार विद्रोहीले याे हिंसा गरेको हुनसक्ने प्रहरीले थियो । घटनास्थलबाट उनीहरूको शव तिमिकामा पठाइएको स्थानीय सैन्य प्रमुख बिन्सार सिनीपारले जानकारी दिए । 

मृत्यु भएकाहरूको पहिचान सुरक्षाकर्मीहरूले खुलाएका छैनन् भने उनीहरू कसरी मारिएका थिए भन्ने बारेमा पनि जानकारी दिइएको छैन । स्थानीय सञ्चारमाध्यमहरूले याे घटनामा २४ देखि ३१ जनासम्मको मृत शरीर भेटिएको समाचार संप्रेषण गरेका छन् । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया