नवजात शिशु मार्ने आमा पक्राउ

 मंसिर २४, २०७५ सोमबार १०:४८:२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – खाँदबारी नगरपालिकामा नवजात शिशु मारेर फाल्दै गरेकी आमा पक्राउ परेकी छिन् ।

खाँदबारी नगरपालिका–६ मयम भन्ने ठाउँमा शिशुको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षकी फूलमाया राईलाई पक्राउ गरेको हो । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशुलाई जन्मदिएपछि हत्या गरेर फाल्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । उनको श्रीमानको केही वर्ष अघि नै निधन भैसकेको छ ।

फूलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गई राईलाई नियन्त्रणमा लिएका थिए ।

शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया