कान्तिपुरका अध्यक्ष सिराेहिया थापाथलीबाट पक्राउ
जेठ ८, २०८१ मंगलबार
धनुषा - भारतको अयोध्याबाट जन्ती लिएर जनकपुर आइपुग्नु भएका योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा गर्नुभएको छ ।
बिहान जन्तीसहित भारतको अयोध्याबाट आउनु भएका उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्दिरमा पूजा गर्नुभएको हो । पूजा पश्चात अहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गर्नुभएको दिवा भोजमा सामेल हुनुभएको छ । जनकपुरको मधेस भवनमा भोज आयोजना गरिएको छ ।
योगी आदित्यनाथले विवाहपञ्चमीमा सहभागी हुनजनकपुर पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट पनि गर्नुभएको छ ।
त्रेता युगमा प्राचिन मिथिलाको राजधानी जनकपुरमा राम सीताको विवाह भएको जसरी नै रामजानकीको डोलालाई जनकपुरमा स्वंयम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।
दिउँसो साधुसन्तको अगुवाईमा झाँकी र किर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निकालेर बाह्रविघा रंगभूमि मैदानमा स्वयमबर गर्ने गरिन्छ ।
रामजानकीको स्वयम्बरपछि डोलालाई नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुगेपछि आज राति राम र सीताको विवाह गर्ने तयारी छ । सप्ताहव्यापी रुपमा मनाईने रामजानकी विवा हपञ्चमी महोत्सव अन्तर्गत आज रामजानकीको विवाहपछि जन्ती एवं साधुसन्तलाई विदाइ गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।