शेयर लगानीकर्ताको माग सम्बोधन गरिने

 मंसिर २८, २०७५ शुक्रबार २०:३८:३६ | रासस

काठमाडाैं - शेयर बजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता समूह र सरकारले गठन गरेको कार्यदलबीच शुक्रबार वार्ता भएको छ । 

अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले आन्दोलनरत शेयर लगानीकर्तालाई पत्रमार्फत वार्तामा बोलाउनुभएको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा यही मंसिर २० गते कार्यदल गठन गर्नुभएको थियो । 

कार्यदलले अर्थमन्त्री डा खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला आन्दोलनरत पक्षसँग वार्ता भएको हो । कार्यदलले शेयर लगानीकर्ता समूहका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । 

वार्तामा शेयर लगानीकर्ताका तर्फबाट उत्तम अर्याल, नयन्द्र बाँस्तोलालगायत सहभागी हुनुहुन्थ्यो । कार्यदलले लगानीकर्ताको माग सम्बोधन गर्न अधिकतम प्रयास गर्ने जनाएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया