कलङ्की–महाराजगञ्ज सडक विस्तारका लागि अध्ययन सुरु

 मंसिर २९, २०७५ शनिबार ८:३७:१४ | रासस
unn.prixa.net

ललितपुर – चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन सुरु भएको छ । 

यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताउनुभयो । 

चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो याे सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्र्याक हुनेछ ।” 

सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण सुरु गरेको छ । सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैँले थप पुल निर्माण थालेको हो ।

विभागको वैदेशिक महाशाखालले सडक निर्माणको विस्तृत अध्ययन गरिरहेको छ । सहप्रवक्ता सिंहले भन्नुभयोे, “डिजाइन रिपोर्ट आएपछि कुन–कुन ठाउँमा कसरी काम गर्ने भन्ने योजना बन्नेछ ।” 
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया