धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन : गभर्नर

 मंसिर २९, २०७५ शनिबार २०:३०:३ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताउनुभएको छ । 

काठमाडौंमा शनिबार आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उहाँले भन्नुभयो, ‘देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।’

गभर्नर डाक्टर नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । 

‘व्यापार भनेको नयाँ अन्वेषण र योजना हो’, उहाँले भन्नुभयो, ‘व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब घरबाटै आविष्कारीय र व्यापारिक योजना सुरु गर्नुपर्छ ।’ 

गभर्नर डाक्टर नेपालले देश विभिन्न कानून निर्माणका चरणमा रहेका बेला व्यापार गर्ने वातावरण झन सजिलो रहेको उल्लेख गर्दै सबैभन्दा ठूलो समस्या अर्थशास्त्रको सिद्धान्तलाई नेपालीले बुझ्न नसकेको बताउनुभयो । 

‘अर्थतन्त्रको सूक्ष्म विषयवस्तु समेटिएकाले यो पुस्तकमा पढ्न लायक छ’, उहाँले भन्नुभयो, ‘घरभित्रै पनि अर्थशास्त्रका विषयमा छलफल जरुरी छ ।’

नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्प आचार्यले शासन परिवर्तनले मात्रै देश समृद्धि नहुने बताउँदै समृद्धिका लागि मुलुकमा उद्यमशीलताको विकास जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । 

युवा उद्यमशीलताका उत्प्रेरक आकाश श्रेष्ठ, नरोत्तम अर्याल तथा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले समृद्ध नेपाल निर्माणका लागि मुलुकमा व्यापार, व्यवसायको विकास तथा विस्तार हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया