पाेखरामा चिडियाखाना बनाउन प्रदेश सरकारले दियो डेढ करोड रुपैयाँ

 पुष ४, २०७५ बुधबार ७:२०:५१ | रासस
unn.prixa.net

कास्की  – पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड ५० लाख विनियोजन गरेको छ । 

चिडियाखानाको अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्रका लागि भवनको निर्माण, खानेपानी जडान, बाटो निर्माण कार्य अगाडि बढेको छ भने मृगस्थली र बाघ राख्ने खोर निर्माण सम्पन्न भइसकेको छ । 

क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा यही पुस २७ देखि माघ ८ गतेसम्म आयोजना हुने नवाैँ संस्करणको पोखरा महोत्सवको तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक शान्तबहादुर थापाले जानकारी दिनुभएको हो । 

उहाँका अनुसार पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यकासाथ महानगर–३०, ३१ र ३२ मा पर्ने पचभैया, चापापानी चिसाकुना र चैनपुरको १३४ हेक्टर क्षेत्रफलमा मानव निर्मित खुल्ला चिडियाखाना निर्माण भइरहेको छ । 

चिडियाखाना निर्माणका लागि नेपाल सरकार, तत्कालीन लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका तथा क्लबको सहकार्यमा रु ४५ लाख ८५ हजारबराबरको भौतिक निर्माण गरिएको उहाँले बताउनुभयो । यस पटकको महोत्सवमा दर्शकलाई बसमार्फत चिडियाखाना अवलोकनको लागत लाने र ल्याउने समेत गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो । 

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा रहेको क्लबले प्रत्येक वर्ष प्रतिप्रवेश टिकटमा रु एकका दरले छुट्याएर सेतीनदी संरक्षण एवम् शान्तिसुरक्षाका लागि पुलको दायाँबायाँ दुवै किनारामा सिसी क्यामेरासमेत जडान गरिएको उहाँ बताउनुहुन्छ । 

कला, संस्कृति, वेशभूषाको संरक्षण तथा शिक्षा, स्वास्थ्य, खेलकूद एवम् पर्यटनको विकाससँगै मुलुकको समृद्धिमा सहयोग पु¥याउँदै सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउनु महोत्सवको लक्ष्य रहेको छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया