मानिस र वन्यजन्तु छिमेकी पनि हुन्, सचेत हुँदा आक्रमणबाट बच्न स...
पुस २९, २०८१ सोमबार
नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिका–५, शान्तिबजारमा रहेको जलविद्युत् आयोजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चारमध्ये एक युवक प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हामफालेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।
रंगेहात पक्राउ परेका तामाङ नदीमा हामफालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो । बुधबार बिहान २ बजे आयोजनाको निर्माण सामग्री पाइप र फलाम चोरिरहेको क्रममा पक्राउ परेका रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर २ का १९ वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हाम्फालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । प्रहरी शौच गर्न गएको बेला तामाङ भागेको जनाइएको छ ।
नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको जनाउँदै बुधबार दिनभरि मैलुङक्षेत्र तनावग्रस्त भएको छ । प्रहरी र स्थानीयवासीबीच दोहोरो झडपको स्थिति थियो ।
स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउण्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयवासीले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
झडपमा प्रहरीका हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । स्थानीयवासी र प्रहरीबीच वार्ता भइरहेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।