मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल सजाय

 पुष ५, २०७५ बिहीबार ७:३९:५८ | रासस
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ ।

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् ।

गएकाे महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन ल) सजाय अन्तर्गत एक वर्षको जेल सजाय गरिएको हो । यो कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौज गरेमा अदालती सुनुवाइ विना नै एक वर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ ।

३९ वर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ । पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोस्ट गरेका बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोस्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टर हिन्दूवादी राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेको बताएका छन् । अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृतिलाई रोक्ने उद्देश्यले भएको जनाएका छन् । 

उनलाई यस भन्दा पहिले राजद्रोह गरेको आरोपमा पक्राउ गरेपनि स्थानीय अदालतद्वारा धरौटीमा रिहा गर्न गरेको आदेशपछि रिहा भएका थिए । एउटा गल्ती गरेर धरौटीमा रिहा भएपछि यसबाट उनी थप उत्तेजित बनेको सुरक्षा अधिकारीहरूले बताएका छन् । भारतमा गएकाे महिना पहिले एकजना शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भन्दै गाली गरेपछि छिमेकी राज्य आसाममा उनलाई पक्राउ गरिएको थियो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया