नक्कली एजेन्ट पैसा लिएर भागेपछि मोरङका १२ युवा अलपत्र

 पुस ६, २०७५ शुक्रबार १८:२३:२१ | उज्यालो सहकर्मी

सप्तरी – सप्तरीका एक व्यक्तिले युएई पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगेको भन्दै मोरङका १२ जना  राजविराज आइपुगेका छन् । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का अशोककुमार मण्डलले गएको मंसिर ८ गते विदेश पठाउन भनेर काठमाडौं बोलाएपनि नउडाएर ठगेको भन्दै ठगेको भन्दै उनलाई खोज्दै १२ जना सदरमुकाम राजविराज आइपुगेका हुन् ।

अशोककुमारले प्रतिव्यक्ति १ लाखको दरले पैसा लिएको उनीहरुले बताएका छन् र चार पटकसम्म काठमाडौं बोलाएर होटलमा बस्न लगाएपनि दलाल सम्पर्कमा नआएको तथा आफूहरुसँग भएको पैसा सकिएपछि घरबाट पैसा मगाएर काठमाडौंबाट फर्किनु परेको युवाहरुको भनाई छ । 

ठगीमा परेका युवाको साथमा दलाललाई विभिन्न बैंकमार्फत पैसा पठाएको कागजपत्र समेत रहेको र एजेन्टसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र राजविराजले जनाएको छ । 

यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई समेत लिखित निवेदन दिन लगाएर न्यायको लागि पहल थालिएको परामर्श केन्द्रका राजेन्द्र यादवले बताउनुभयो ।

उहाँका अनुसार पीडितका विषयमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी गाउँपालिकालाई पनि जानकारी गराएको र आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको छ । 


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया