बैतडीका सात स्थानीय तह एम्बुलेन्सविहीन

 पुस १६, २०७५ सोमबार १९:२७:३६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडी जिल्लाका सात स्थानीय तह अझै पनि एम्बुलेन्सविहीन रहेका छन् ।

बैतडीको  सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र मेलौली नगरपालिका एम्बुलेन्सविहीन रहेका हुन् ।

मेलौली नगरपालिकाले एम्बुलेन्स खरिद गरिसकेको र केही दिनमै नगरपालिकामा पुग्ने नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो । सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरिद गर्नको लागि टेण्डर भइसकेको र निकट भविष्यमै एम्बुलेन्स आउने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षमा एम्बुलेन्स किन्ने निर्णय गरेको भए पनि आफैँले नकिन्ने र प्रदेश सरकारसँग अनुरोध गरेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यस्तै शिवनाथ गाउँपालिकाले पनि एम्बुलेन्स खरिदको लागि प्रदेश सरकारलाई अनुरोध गरेको बताएको छ । पञ्चेश्वर गाउँपालिकाले पनि एम्बुलेन्स किन्ने तयारी गरेको प्रवक्ता दशरथ मंगोलाले जानकारी दिनुभयो ।

सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको केन्द्र र अन्य केही वडा सडक सुविधा नपुगेकोले सडक पुगेपछि मात्रै एम्बुलेन्स खरिद गरिने बताएका छन् । सिगास गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेकोले सडक पुगेपछि मात्रै गाउँपालिकाले एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

एम्बुलेन्स सुविधा नहुँदा जिल्लाका ग्रामिण भेगका नागरीकहरुले घण्टौंसम्म बिरामीलाई बोकेर स्वास्थ्य संस्थाहरुमा लैजानुपर्ने बाध्यता रहेको छ । स्थानीय सरकारहरुले एम्बुलेन्स सेवा उपलब्ध गराएमा बिरामीहरुलाइ छिटोछरीतो स्वास्थ्य संस्थामा पुर्याइ समयमै उपचार हुने थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया