सपथ लिँदै चौधरीले भने : भिख चाहन्न, न्याय दिनुहोस्

 पुस १९, २०७५ बिहिबार १६:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सांसदमा निर्वाचित भएको झण्डै १३ महिनापछि सपथ लिएका रेशम चौधरीले अदालतले आफूलाई न्याय दिनेमा आफू विश्वास्त रहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार सांसदको पद तथा गोपनियताको सपथ लिएपछि संचारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै चौधरीले आफूले न्याय पाउनेमा विश्वस्त रहेको बताउनुभएको हो ।

दोषी उम्किनुपर्छ भन्नेमा आफू नरहेको भन्दै उहाँले आफूमाथि राजनीतिक मुद्धा लागेकाले सोही अनुसार सम्बोधन गर्न आग्रह गर्नुभयो । राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपमा नै गरिनुपर्ने तर्क उहाँको थियो ।

उहाँले टीकापुर घटना, सामाजिक सञ्जालमा जिस्काउने घटना नभई वर्गीय, जातीय भावनालाई ठेस पुगेको घटना भएको भन्दै त्यस क्रममा जेलमा रहेकाहरुमाथि स्पष्ट छानबिन गरी राज्यले सबैलाई न्याय दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेशम चौधरी भिख चाहन्न, न्याय दिनुहोस् ।’

प्रहरीको फरार सूचीमा रहेकै समयमा चौधरी २०७४ मा मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्यको दोश्रो चरणको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । उहाँले वाम गठबन्धनबाट एमाले उम्मेदवार रहेकी गरिमा शाहलाई पराजित गर्नुभएको थियो ।  

२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनाका मुख्य आरोपीका रुपमा प्रहरीको फरार अभियुक्तको सूचीमा नै रहेका बेला वारेसनामा मार्फत उहाँले उम्मेदवारी दर्ता गराउनुभएको थियो । चौधरीले गएको फागुन १४ गते कैलाली जिल्ला अदालत समक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २८, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया