छोरीको हत्या भएको माइतीपक्षको दाबी : भन्छन, प्रहरीको अनुसन्धानमा आशंका छ !

 पुस २१, २०७५ शनिबार १५:२४:३० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।

महिलाका आमा र बुवाले छोरीको हत्या भएको दाबी गरेका छन् । वीरगञ्जकी २६ वर्षीया माधुरी वर्णवालको गएको वर्ष मङ्सिरमा नेपालगञ्जका मनिष बर्णवालसँग बिहे भएको थियो ।

माधुरीले गएको पुस १७ गते राति कोठाभित्र पङ्खामा झुण्डिएर आत्महत्या गरेको खबर आफूहरुलाई दिएको माधुरीका आमा पुष्पा बर्णवालले बताउनुभयो । आप्mनी छोरीलाई कमजोर आर्थिक अवस्थाको घरपरिवार भएको र दाइजो नल्याएको भन्दै घर परिवारबाट विभिन्न खालको मानसिक यातना विगतमा दिइएको सम्झँदै आमा पुष्पाले शनिबार नेपालगञ्जमा पत्रकारहरुसँग आफ्नी छोरीको हत्या भएको बताउनुभएको हो ।

घटनापछि प्रहरी समेतलाई जानकारी निदिई ढोका तोडफेड गरी अस्पताल लगिएको भन्दै आमा पुष्पाले पूर्व योजना अनुसार छोरीको हत्या गरिएको दाबी गर्नुभयो । छोरीलाई यसअघि परिवारले विभिन्न खालका मानसिक यातना दिने गरेको भन्दै बुवा वेदप्रकाश बर्णवालले छोरीले आफूहरुलाई कुनै जानकारी नदिई आत्महत्या गर्न नसक्ने दाबी गर्नुभयो ।

‘केही समयअघि छठमा वीरगञ्ज जाँदा ‘छोरी मन पर्दैन भने अलग हुनुस् भनेका थियौं’, बुवा वेदप्रकाशले भन्नुभयो, ‘त्यसबेला ज्वाईले  तपाईँकी छोरीलाई केही हुँदैन, म लिखित जिम्मा लिन्छु भनेका थिए । अहिले छोरीलाई मारिदिए ।’

घटनाको अघिल्लो दिन छोरीले आफूहरुलाई फोन गरी ढोका थुनेर राखेको र खाना समेत खान नदिएको जानकारी गराएको उहाँले बताउनुभयो । अर्को दिन दिउँसो छोरीले ढोका थुनेर बसेको जानकारी गराएको उहाँको भनाई छ ।

माधुरीका पति मनिषका आमाले सम्बन्ध विच्छेद गर्न दवाव दिँदा मनिषले ५० प्रतिशत सम्पत्ति दिनुपर्छ भन्ने गरेको दाबी पुष्पाको छ । ‘एउटी आमाले रुँदै न्याय मागेकी छ’, भावविह्वल हुँदैं पुष्पाले भन्नुभयो, ‘अबदेखि कुनै पनि छोरीले अनाहकमा ज्यान गुमाउन नपरोस भनेर हामी लडिरहेका छौं ।’

प्रहरीले छोरीलाई झुण्डेको नदेखिक नै अत्महत्या भनेको र सुरुमा जाहेरी लिन नमानेको भन्दै माधुरीका आमाबुवाले प्रहरी अनुसन्धानमाथि आशंका जनाउँदैं पोष्टमार्टम रिपोर्ट पनि सही आउनेमा आशंका रहेको बताएका छन् ।

माधुरीका आमा पुष्पाले  छोरीको हत्या आरोपमा  पति मनिष बर्णवाल, ससुरा गोपीचन्द्र बर्णवाल, सासू राजकुमारी देवीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्धामा जाहेरी दर्ता गरेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया