पत्रकार घिमिरेको ‘होचो ढोका’ सार्वजनिक

 पुष २१, २०७५ शनिबार १९:१३:२१ | रासस

काठमाडौं – पत्रकार शिवहरि घिमिरेद्वारा लिखित पुस्तक ‘होचो ढोका’ सार्वजनिक भएको छ ।

स्वदेश प्रकाशन प्रालिले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा गोविन्द टण्डन र नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो  ।वास्तविक नागरिकको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरानै विषय बस्तुलाई नयाँ स्वरुपमा सम्प्रेषणीय बनाई प्रस्तुत गरे नेपाली साहित्य विश्वसामु पुग्ने बताउनुभयो ।
पुस्तकको समीक्षा गर्दै संस्कृतिविद् डा टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको बताउनुभयो ।

‘होचो ढोका’ शासकबाट छोरी बुहारीलाई जोगाउन मात्र नभई आँगनको देवतालाई दर्शन गर्न जाँदा ‘शिर निहुँ¥याएर जान सकियोस्’ भनी राखिएको उहाँको भनाइ थियो । नागरिक दैनिकका सम्पादक लुइँटेलले समाचार सङ्कलन गरिरहेको विषयलाई सूक्ष्म रुपले खोज गरी प्रस्तुत गरे पुस्तक बन्ने उदाहरण लेखक घिमिरेले स्थापित गरेको बताउनुभयो ।

तीन वर्षसम्म कला एवं संस्कृति विषयमा गरेको समाचार सङ्कलनको विषयलाई पुस्तकमा समावेश गरिएको पत्रकार शिवहरिले सुनाउनुभयो । १८२ पृष्ठको पुस्तकमा ६७ शीर्षक छन् । स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको पुस्तकको मूल्य ३२५ रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया