बैतडी र दार्चुलामा भूकम्पको धक्का

 पुस २२, २०७५ आइतबार ९:२९:२५ | जयराज अवस्थी

बैतडी – छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ । 

शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले बताउनुभयो । 

भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर भारतमा रहेको प्रमुख बस्नेतले जानकारी दिनुभयो । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षति भएको विवरण भने कतैबाट नआएको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया