मुख्यमन्त्री र सभामुखलाई भेट्दै दीपक मनाङेले भने : सपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्छु

 पुस २३, २०७५ सोमबार २०:४३:५४ | रासस
unn.prixa.net

कास्की – प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्नुभएको छ । 

प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त हुनुभएको थियो । जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उहाँले एक साताअघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराउनुभएको थियो । 

सपथ गराउन ढिलो भएको भन्दै उहाँले आज प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गर्नुभयो । भेटपछि उहाँले आफ्नो मागमा सभामुख सकारात्मक रहनुभएको प्रतिक्रिया दिनुभयो । आफ्नो सपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने मनाङेले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री सपथका सम्बन्धमा केही बोल्नुभएन ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया