सहुलियत ऋणका लागि ८ हजार ८ सयको निवेदन, ऋण लिनेले बुझ्नै पर्ने कुरा

 पुस २४, २०७५ मंगलबार १६:५५:५५ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर देशमै केही काम गर्छु भन्ने योजना बनाउनुभएको छ ?

योजना छ, तर रकम छैन भने सहुलियत ऋणको लागि निवेदन दिन अब ढिला नगर्नुहोस् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशबाट फर्किएका युवालाई सहुलियत ऋणका लागि निवेदन दिन यसअघि नै आह्वान गरेको छ ।

विदेशबाट फर्किएका युवाले यही पुस मसान्तसम्ममा मात्र सहुलियतमा ऋणका लागि आवेदन दिन सकिन्छ । सहुलियत ऋणका लागि मंगलबारसम्ममा ८ हजार ८ सय जनाले निवेदन दिएका वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । तर निवेदन दिँदैमा ऋण भने पाईंदैन । 

ऋणका लागि निवेदन दिएका र दिन चाहनेले बुझ्नै पर्ने कुरा

सहुलियत कर्जा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड वा नेपाल सरकारले बाँड्ने होइन । ऋण सरकारको सिफारिसमा क वर्गका वाणिज्य बैंकहरुले पाँच वर्षका लागि न्युनतम ब्याजमा दिने हो । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निवेदनको लागि आव्हान मात्रै गरेको हो । यही पुस मसान्तसम्ममा प्राप्त निवेदनलाई बोर्डले प्ररम्भिक जाँच गर्ने र न्युनतम मापदण्ड पूरा भएका निवेदनहरु संकलन गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्ने छ ।

फारम वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाईटबाट डाउनलोड गर्न सकिन्छ । घरमै बसेर फारम भरी इमेलमाफर्त पनि पठाउन सकिन्छ । 

शुल्क लिएर फारम वितरण गर्नेलाई कारबाही हुन्छ

सहुलियत ऋणका लागि आवेदन दिन कुनै शुल्क लाग्दैन । शुल्क लिएर कसैले फारम वितरण गरेको पाइएमा कडा कारबाही गर्ने बोर्डले जनाइको छ ।

कसैले व्यवसायिक योजनासहित फारम भरिदिन्छु भन्दै पैसा मागे भने त्यस्ता व्यक्तिको भर नपर्न बोर्डले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । ‘कसैले पैसा मागेर राम्रो व्यवसायिक योजना बनाइदिन्छु भनेर पैसा माग्यो भने उसको छलमा नर्पनुस्, तपाईंको सीप र विदेशमा आर्जन गरेको पुँजी समेत उपयोग हुनेगरी तपाईं आफैंले व्यवसायिक योजना तयार गर्नुहोला,’ बोर्डले सूचना निकालेर अनुरोध गरेको छ । 

आफनो परिश्रम, सीप, पुँजी र समयको महत्व विदेशबाट फर्किनेले जति अरुले नबुझ्ने भन्दै आफ्नो व्यवसायिक योजना आफैंले तयार पार्न बोर्डको अनुरोध छ । 

के काम गर्न खोज्नुभएको हो ? काम कृषि, पर्यटन, कल कारखाना, पशुपालन, सेवा व्यवासाय लगायतका क्षेत्रसँग सम्बिन्धित छ ? यदि छ भने आफूले गर्ने कामका लागि कस्तो सीप चाहिन्छ, कस्ता कस्ता सामानका लागि कति लगानी गर्नुपर्ने हो, तपाईंले व्यवसाय गर्न लागेका ठाउँमा त्यो कामको कतिको माग छ लगायतका कुरा व्यवसायिक योजनामा प्रष्ट खुलाउनु पर्ने छ । 

यसैगरी, तपाईंले लगानी नगरेपछि प्रत्येक वर्ष कति नाफा कमाउन सक्नुहुन्छ, कति जनालाई रोजगारी दिन सकिन्छ, पाँच वर्षमा आफूले पाएको ऋण कसरी चुक्ता गर्ने योजना छ लगायतका कुरामा केन्द्रित भएर आफने व्यवसायिक योजना बनाउन बोर्डले अनुरोध गरेको छ । 

यो पनि पढ्नुहोस्

‛विदेशबाट फर्किएकालाई १० लाख ऋण भूकम्प पीडितलाई बाँड्ने राहत जस्तो होइन′


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • रोसन बस्नेत

    Jan. 9, 2019, 9:34 p.m.

    मलाई मलेसिया को३बर्स काम गरेर आउँदा को अनुभव मलेशिया को जति दुख नेपाल मै गरेर कुनै बेबसाय गर्न मन छ तर नेपाल को महँगो संगै मलेशिया को कमाइले कुनै काम गर्न सकिरहेको छैन यदि यो सेवा र 10 ऋण पाउन सके भनी म ईन्डिया को लत्ताकपडा को आफै डिलर खोलेर होल्सेलर लाई सेल सथै कुद्रा किन बेच गर्नी सोच मा छु

  •  0 Reply

तपाईको प्रतिक्रिया