पृथ्वी जयन्तीको अवसरमा नेपालगञ्जमा सार्वजनिक बिदा दिने निर्णय

 पुस २६, २०७५ बिहिबार २०:४७:३४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा नगर कार्यपालिका, वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।  नेपाल कम्युनिष्ट पार्टीको गम्भीर असहमतिका बाबजुद पृथ्वी जयन्तीमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

राप्रपाबाट निर्वाचित मेयर डा. धवल शमशेर राणाले बिहीबार भएको कार्यपालिका बैठकबाट नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको समर्थनमा बहुमतका आधारमा बिदा दिने निर्णय गराउनुभएको हो ।

३३ सदस्यीय नगर कार्यपालिका बोर्डमा नेकपाका सबैभन्दा बढी १२ जना सदस्य छन् । यसैगरी २३ वडामध्ये सबैभन्दा बढी नेकपाले १० वडा जितेको छ । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन गरिएको हतारको निर्णयमा आफूहरुले सामूहिक रुपमा नोट अफ् डिसेन्ट लेखेको उप–महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।  वडा नम्बर १८ का अध्यक्ष दीपक वर्माले नेकपाले जितेका सबै वडामा शुक्रबार वडा कार्यालयले नियमित कामकाज गर्ने बताउनुभयो ।

संघीय सरकार र प्रदेश सरकारले सार्वजनिक बिदा नदिएको अवस्थामा स्थानीय बिदा दिइँदा शैक्षिक संस्था मात्रै बन्द हुने भएका कारण आफूहरुले असहमति जनाएको  वडाध्यक्ष वर्माले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया