साउथका सुपरस्टार महेश बाबूको जोडी बन्दै कट्रिना केफ

 पुस २९, २०७५ आइतबार १०:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन सेयर गरेकी थिइन् । बलिउडका दुई सुपरस्टार अभिनेताहरुका साथ काम गरेकी कट्रिनाका दुबै फिल्म बक्स अफिसमा भने असफल साबित भए । 

बलिउडमा फिल्मको असफलता पछि अभिनेत्री कट्रिना केफ अब छिट्टै नै साउथ फिल्मका सुपरस्टार महेश बाबूका साथ अभिनय गर्ने खबर सार्वजनिक भएको छ । अभिनेता महेश बाबू यतिबेला फिल्म ‘महर्षि’ को छायांकनमा ब्यस्त छन् । महेश बाबूको यस पछिको फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री कट्रिना केफलाई कास्ट गर्ने तयारी भइरहेको छ । 

साउथ फिल्म निर्देशक सुकुमार महेश बाबूका साथ फिल्म बनाउने तयारी गरिरहेका छन् । साथै उनको अब बन्ने फिल्मका लागि निर्माताहरुले बलिउडका कयौं अभिनेत्रीहरुका बारेमा छलफल गरेपश्चात यस फिल्ममा कट्रिना केफलाई कास्ट गर्ने निर्णय गरेका छन् । निर्देशक सुकुमारले कट्रिना समक्ष उनको अब बन्ने फिल्मका लागि प्रस्ताव पनि राखिसकेका छन् । अहिले यस फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । फिल्ममा धेरै जसो कलाकारहरुको टुंगो पनि लागिसकेको छ । 

साउथ फिल्मका सुपरस्टार महेश बाबू अहिलेसम्म बलिउड फिल्ममा डेब्यू गरेका छैनन् । तर महेशले छिट्टै नै बलिउड फिल्ममा डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ । तर अहिले भने महेश उनको फिल्म ‘महर्षि’ को काममा व्यस्त छन् । साथै उनले निर्देशक सुकुमारको अहिले नाम सार्वजनिक नगरिएको फिल्म साइन गरिसकेका छन् ।  

कट्रिना केफले यस फिल्मलाई साइन गरिन् भने यो उनको तेस्रो साउथ फिल्म हुनेछ । यस अघि उनले अभिनेता वेन्कटेश दग्गुबातीका साथ फिल्म ‘मालिसवारी’ र अभिनेता नन्दामुरी बालाकृष्णका साथ ‘अल्लारी पिद्दुगु’ मा काम गरिसेकी छिन् । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया