आइतबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 पुस २९, २०७५ आइतबार १३:१२:२४ | उज्यालो सहकर्मी

काठमाण्डाै - हप्ताको पहिलो दिन आइतबार डलर सहित विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०८ पैसा तोकेको छ । शुक्रबार डलरको खरिददर  ११२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९७  पैसा थियो ।

आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको छ । शुक्रबार खरिददर २९ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो ।

शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेकोमा आइतबार खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै आइतबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ । शुक्रबार यसको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा थियो ।

यस्तै आइतबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा तोकिएको छ । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा थियो ।

आइतबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४६ पैसा तथा बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर २९९ रुपैयाँ ९६ पैसा तोकिएको छ र शुक्रबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १४ पैसा तथा बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २९९ रुपैयाँ ६५ पैसा थियो ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ । शुक्रबार कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा थियो ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया