‘जून त लाग्यो ताराले’ बाट चर्चा कमाएकी आयुष्का नयाँ गीत लिएर आउँदै

 पुस २९, २०७५ आइतबार १३:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैं - ‘जुन त लाग्यो ताराले‘ भन्ने गीतकाे कभर गाएर चर्चामा आएकी बाल गायिका आयुष्का खनियाकाे नयाँ गीत रेकर्ड भइरहेको छ ।

। उनले गायक अलमोडा राना उप्रेतीसँग मिलेर त्यो कभर गीत गाएकी थिइन् । 

उनै १३ वर्षीया गायिकाको स्वरमा यतिबेला रेकर्ड भइरहेको राष्ट्रिय भावनाले ओतप्रोत भएको‘ मेरो धर्म नेपाली, मेरो जात नेपाली’ बोलको गीतलाई डाक्टर कृष्णहरि बरालले लेखेका हुन् । 

यस गीतमा संगीत भने संगीतकार गैरे सुरेशले प्रदान गरेका छन् ।

आयुष्का अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन् । जहाँ रहे पनि नेपाल र नेपालीको माया उस्तै रहन्छ भन्ने सन्देशका साथ गीत तयार गरिएको डा. बरालले बताउनुभयो ।

‘आयुष्काले नेपाली भाषा त्यति राम्रोसग बोल्न जान्दिनन्, त्यसैले उनलाई सहज हुने गरी गीत तयार गरिरहेका छौं,’ संगीतकार गैरे सुरेशको भनाइ थियो । 
अष्ट्रेलियामा बसोबास गर्दै आएकी गायिका आयुष्का यतिबेला छुट्टीमा नेपाल आएकी छिन् । 

छुट्टीको अवसर पारेर उनले गीत रेर्कड गराइरहेकी छिन् । गीतको म्युजिक भिडियो बनाउने तयारी पनि भइरहेको बताइएको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया