किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको 'डीडीसी' काे दाबी

 बैशाख १४, २०८१ शुक्रबार १२:११:५२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डीडीसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मीयाम शुरु भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम) को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको बताउनुभयो ।

डीडीसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड, जनकपुर क्षेत्रमा एक करोड, हेटौँडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा एक करोड ५० लाख र काठमाण्डाै क्षेत्रमा १३ करोड रुपैयाँ किसानको रकम भुक्तानी गरेको हो ।

डीडीसीले हेटौँडामा सञ्चालन गरेको डीडीसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी छ करोड रुपैयाँ कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताउनुभयो । डीडीसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया