विप्लव समूहसम्बद्ध थापा र बुढालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

 माघ १, २०७५ मंगलबार १४:१३:५ | रासस
unn.prixa.net

काठमाण्डाै - सर्वाेच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्रराज थापा र केशवबहादुर बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । 

न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सोमबार सो पार्टी निकट ट्रेड युनियनका थापा र बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । 

आदेशमा भनिएको छ, ‘उचित र पर्याप्त कारण उल्लेख गरेको नदेखिँदा थुना कानुनबमोजिम नभई गैरकानुनी भएको देखिँदा थुनामा राख्न नपर्ने भएकाले निजहरूलाई थुनामुक्त गरिदिनु ।’ 

महानगरीय अपराध महाशाखा काठमाण्डाै टेकुले गएकाे पुस १९ गते अभद्र व्यवहार गरेकोसम्बन्धी आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो । आदेशमा थापा र बुढाले अभद्र व्यवहार गरेको भन्ने उचित र पर्याप्त कारण नभएको उल्लेख छ । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया