समूह विजेता बन्दै नेपाल टी–२० महिला स्म्याश क्रिकेटको सेमिफाइनलमा

 माघ २, २०७५ बुधबार ९:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

यसैगरी समान अंक भए पनि रन रेटमा पछि पर्दै यूएइले पनि सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’लाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा नेरी थापा ५ तथा डोली भट्ट २ रनमा नट आउट रहे । यस्तै ममता कुमारी चौधरी ८ रन बनाएर आउट भइन् ।

टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १९ रन बनाएको हो ।

थाइल्याण्ड ‘ए’ का कुनै पनि खेलाडीले नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । थाइल्याण्डका लागि थानचोनक फोपुलुक सर्वाधिक ४ रनमा नटआउट रहँदा वार्ली सेनसङले ३ तथा मनातासेवै जेटोले २ रन बनाइन् । 

खाता नखोल्दै पहिलो विकेट गुमाएको थाइल्याण्डले २ रन जोड्दा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ८ रनको साझेदारी गर्दै स्कोर बोर्डमा  १० रन पुग्दा तेस्रो देखि छैटौँ विकेट गुमाउन पुग्यो । ११ रन बनाउँदा सातौँ विकेट गुमाएको थाइल्याण्डले १५ रनमा आठौँ र नवौँ विकेट गुमाएको थियो ।

सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले थाइल्याण्डलाई १९ रनमा रोक्दा नेपाली बलरहरु आरती विडारीले ३ तथा इन्दु बर्मा र सरिता मगरले दुई–दुई विकेट लिँदा रुबिना क्षेत्री, सीता राना मगर र सोनु खड्काले एक–एक विकेट लिए ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया