सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
मलेसियामा एक ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।
गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनावर अधिकारवादी कानुन व्यवसायी ए मोहनराजले चालकले लापरवाही तरिकाले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गर्नुभएको थियो ।
क्वालालम्पुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गएको सेम्टेम्बरमा घटना भएको बेर्नामा नामक समाचार संस्थाले जनाएको छ । बिरालोको हत्यासम्बन्धी दृश्य सीसीटीभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।
एकजना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । दोषी ठहर गरिएका ४२ वर्षीय चालकले आफूले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन् । तर उनको आग्रह र दाबीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको हाे ।
यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानुनी व्यवस्था भए पनि न्यायधीशहरूले दुई वर्ष तोकेका हुन् । अदालतको आदेश आउनुअघि अदालतमा उनले भनेका थिए, ‘मलाई पश्चाताप महसुस भएको छ, सबै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु कि आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।